देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

  • सोमवार, साउन २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 38
    SHARES

इलाम, २५ साउनः इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको पक्की पुल संरक्षण गर्न सुरु भएको छ । कोशी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय इलाममार्फत सो पुल संरक्षण गर्न काम सुरु गरेको हो ।

पुल संरक्षणका लागि तारजालीसहित पर्खाल लगाउने काम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनयर रञ्जय सिंहले बताउनुभयो । पुल संरक्षणका लागि कार्यालयले रु ५० लाखमा ठेक्का आह्वान गरेकामा भिमका कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग रु ४१ लाख ५३ हजार ७७४ मा ठेक्का सम्झौता भएको थियो ।

पूर्वाधार विकास कार्यालयले सो क्षेत्रमा स्थायी बाँध निर्माणका लागि रु तीन करोड माग गरे पनि प्रदेश सरकारबाट रु ५० लाखमात्र प्राप्त भएको प्रमुख सिंहको भनाइ छ । “हामीले स्थायी बाँध निर्माणका लागि रु तीन करोड अनुमान गरेर पठाएका थियौँ । यो पटक रु ५० लाख मात्र प्राप्त भयो”, उहाँले भन्नुभयो, “अहिले जति बजेट आयो, त्यतिकै ठेक्का आह्वान गरेर काम सुरु गरेका छौँ । थप बजेटको आशामा छौँ ।”

प्रसिद्ध धार्मिकस्थल गजुरमुखीधाम नजिकै रहेको सो पुल गत असोज १८ गतेको बाढीले क्षतिग्रस्त बनाउनुका साथै गजुरमुखीधाम क्षेत्रका आठवटा घर बगाएको थियो । बाढीले पुलको एकापट्टिको भूभाग कटान गरी क्षतिग्रस्त बनाएपछि प्रदेश सरकारको रु १० लाखको लागतमा अस्थायी ड्याम निर्माण गरी यातायात सञ्चालन गरिएको थियो । गत असार पहिलो साताको बाढीले अस्थायी ड्याममा पनि क्षति पुर्‍याएपछि तारजालीसहितको पर्खाल निर्माण सुरु गरिएको हो ।

पुल संरक्षणको काम सुरु भएपछि स्थानियवासी हर्षित भएका छन् । स्थानीय खगेन्द्र तामाङले पुल संरक्षणको काम सुरु भएसँगै आशा पलाएको प्रतिक्रिया दिनुभयो । “विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्नासाथ पुलको आधार क्षेत्रमा कटान हुने र पुलमा थप क्षति हुने खतरा थियो”, उहाँले भन्नुभयो, “निर्माण तथा संरक्षणको काम चाँडै सम्पन्न भए पुलको आयु बढ्नाका साथै स्थानीय बासिन्दाको सुरक्षित आवतजावतमा सहजता हुने अपेक्षा छ ।”

माङसेबुङ गाउँपालिका-१ का वडाअध्यक्ष भूपाल योङहाङले पुल निर्माण गुणस्तरीय र दिगो हुने गरी काम सम्पन्न गर्न निरन्तर अनुगमन गरिरहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी