भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटार बिरुवास्थित आइतबार उत्साहित सुधार केन्द्रमा उपचाररत एक पुरुषको मृत्यु भएको बिषयमा आज स्थानि पिडित पक्ष आक्रोशित समुहले भक्तपुर जिल्ला प्रशासन कार्यालयमा नारा बाजी गरेका छन् । उनीहरुले छानबिन समिति बनाएर दोषी माथि कारवाहीको माग गरेका छन् । यो समाचार तयार पर्दा सम्म सरकारी पक्ष् र पुदित पक्ष् बीच छलफल भैरहेको स्थानीयले जानकारी दिएका छन् ।
सुधार केन्द्रमा रहेका सोही वडा बस्ने वर्ष ४१ को उमेश खड्गीको आइतबार बिहान मृत्यु भएको हो।
प्रारम्भिक विवरणअनुसार सुधार केन्द्रमा उपचारका लागि राखिएका खड्गीको बिहान करिब ४ बजेतिर मृत्यु भएको हुन सक्ने आसंका गरिएको छ। उनको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन।
जिल्ला प्रहरी परिसरप्रहरीले घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएको जनाइएको छ।