एक करोड ९४ लाख राजस्व सङ्कलन

एक करोड ९४ लाख राजस्व सङ्कलन

  • सोमवार, साउन २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 874
    SHARES

जुम्ला, २५ साउनः यातायात व्यवस्था सेवा कार्यालयले गत आर्थिक वर्ष २०८२÷८३ मा कुल एक करोड ९४ लाख ४४ हजार राजस्व जम्मा गरेको छ ।

आव २०८१÷८२ भन्दा गत आवमा करिब रु ५० लाख बढी राजस्व जम्मा भएको छ । चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाह छिटोछरितो भएकाले राजस्व बढेको यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।

पकेट तथा रुट परमिटबाट रु १८ लाख ८८ हजार सवारी दर्ता किताब दस्तुरबाट रु ६४ लाख ९२ हजार, अग्रिम आयकरमार्फत ६ लाख ६८ हजार, बेरुजु असुली एक हजार ५७५ र सवारीसाधन करबाट रु एक करोड ३९ लाख तीन हजार राजस्व जम्मा भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले बताउनुभयो ।

सोही अवधिमा मोटरसाइकल, स्कुटर र मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जिप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा लाइसेन्स वितरण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ