धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

  • आइतवार, साउन २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

रसुवा, २४ साउनः ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने अनियमितता रोक्नका लागि रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुन्चे बजारमा बजार अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिद्वारा शनिबार साँझ आकस्मिक रूपमा बजारको विशेष अनुगमन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका जिल्ला बजार अनुगमन समितिका संयोजक द्रुवप्रसाद अधिकारीका अनुसार धुन्चे बजारमा ग्यासको अभाव देखाएर लुकाइछिपाइ राखेका छन् भन्ने स्थानीयको गुनासोका आधारमा गोसाइँकुण्ड–६ धुन्चे बजारमा समितिको नेतृत्वमा नेपाल प्रहरी तथा स्थानीय प्रशासनको सक्रिय सहभागितामा अनुगमन गरिएको हो ।

बजारमा खाना पकाउने एलपी ग्यासको उपलब्धता असहज बनाई अभाव देखाएर बढी मूल्यमा ग्यास बिक्री गर्नेलाई रोकेर उपभोक्तालाई ठगीबाट जोगाउन र व्यापारीलाई व्यावसायिक आचारसंहिता पालना गर्न सचेत गराइएको समितिका संयोजक अधिकारीले जानकारी दिनुभयो । शनिबारको बिदाका दिन उपभोक्ताको हितलाई ध्यानमा राख्दै अनुगमन टोलीले बजारका विभिन्न ग्यास डिपो तथा किराना पसलको निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा ग्यास सिलिन्डरको मौज्दात, मूल्य र बिक्री वितरणको अवस्थाबारे जानकारी लिइएको थियो । यस किसिमको अनुगमनले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिने र बजार अनुशासन कायम राख्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी