माडी जाने सडकको झाडी सफाइ गरिँदै

माडी जाने सडकको झाडी सफाइ गरिँदै

  • आइतवार, साउन २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

नारायणगढ (चितवन), २४ साउनः चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने सडकको छेउछाउमा बढेको झाडी सफाइ गर्न थालिएको छ । बर्खाको समयमा सडकको दायाँबायाँ झाडी बढ्दै जाँदा वन्यजन्तु लुकेर बस्ने र सवारीसाधन तथा यात्रुमाथि आक्रमण गर्नसक्ने, दुर्घटनाको जोखिम बढ्ने भएकाले सडक छेउको झाडी फँडानी गर्न थालिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्ज, स्थानीय तह र सडक डिभिजन कार्यालयबीचको समन्वयमा सडक डिभिजनले आजदेखि झाडी सफाइको काम सुरु गरेको हो । निकुञ्जको कसरा चोकबाट रिउखोलासम्मको सडक क्षेत्रमा झाडी सफाइ गरिने उहाँले जानकारी दिनुभयो ।

“सडक छेउछाउमा वन्यजन्तु लुकेर बस्न सक्ने भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर झाडी फँडानी गर्न अनुमति दिइएको हो”, उहाँले भन्नुभयो । निकुञ्जभित्रका वन्यजन्तु तथा मुख्य वनस्पतिमा असर नपर्ने गरी आवश्यक क्षेत्रको मात्र झाडी फँडानी गर्न अनुमति दिइएको थापामगरले बताउनुभयो । सडक डिभिजन कार्यालयले झाडी सफाइसँगै सडकमा रहेका खाल्डाखुल्डी पुर्ने तथा आवश्यक मर्मतसम्भारको कामसमेत सुरु गरेको छ ।

माडी आवतजावत गर्ने मुख्य सडकका रूपमा रहेको उक्त सडकमा वर्षायाममा सडक छेउछाउमा झाडी बढ्ने गरेकाले सवारी चालकलाई वन्यजन्तु देख्न कठिन हुने गरेको छ । झाडी सफाइपछि सडकको दृश्यता बढ्नुका साथै वन्यजन्तु र यात्रु दुवैको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ