आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

  • आइतवार, साउन २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

दमौली (तनहुँ), २४ साउनः जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढ्दै गएका पाइएको छ ।

महिलाहरूमा शिक्षा, रोजगारी र आर्थिक आत्मनिर्भरताका कारण आफ्नो अधिकारका लागि कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्य बताउनुहुन्छ ।

सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार हुनु सम्बन्धविच्छेदको मुख्य कारण भएको उहाँको ठम्म्याइ छ ।

गत आर्थिक वर्षमा तनहुँ जिल्ला अदालतमा दर्ता भएका दुई हजार ४५६ मुद्दामध्ये सम्बन्धविच्छेदका ९५२ छन् । अदालतले ८१० मुद्दा निरुपण भएका छन् ।

आर्थिक वर्ष २०८२÷८३ मा अंशका २८७ मुद्दा दर्ता भएकामा १७९ किनारा लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ