पूर्वका तीन जिल्लाबाट ठूलो परिमाणको लागूऔषधसहित १० जना पक्राउ

पूर्वका तीन जिल्लाबाट ठूलो परिमाणको लागूऔषधसहित १० जना पक्राउ

  • आइतवार, साउन २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

विराटनगर, साउन २४ । पूर्वी नेपालका तीन जिल्ला (मोरङ, सुनसरी र झापा) मा प्रहरीले चलाएको विशेष अभियानका क्रममा ठूलो मात्रामा लागूऔषधसहित १० जना पक्राउ परेका छन्। साउन २३ गते सञ्चालित कारबाहीका क्रममा ४१८ किलो गाँजा र १ हजार ५४ मिलिग्राम भन्दा बढी ब्राउन सुगर बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बराहक्षेत्र नगरपालिका-१, गुप्तबराहस्थित सडकमा चेकजाँच गर्दा चतरातर्फ आउँदै गरेको प्र.१-०२-००२ च ४८५१ नम्बरको कारभित्र २२ प्लाष्टिकका पोकामा लुकाइराखेको ४१८ किलो गाँजा फेला पारेको हो। सोही क्रममा कार चालक धरान-१३ का ३४ वर्षीय थमन राई र सवार मानेभञ्ज्याङ-५ ओखलढुङ्गाकी २२ वर्षीया जिवनी राई पक्राउ परेका छन्।

साथै, स्कर्टिङमा रहेको को ११ प ५६०१ नम्बरको मोटरसाइकल चालक मोरङ कटहरी-३ का २६ वर्षीय अमर कामत र पछाडि सवार ३८ वर्षीय शंकर चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

धरानबाट ९३० मिलिग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

सुनसरीकै धरान उपमहानगरपालिका-११ स्थित रिटिङ टोलबाट अस्थायी प्रहरी चौकी रेल्वेको टोलीले ९३० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-११ का ३२ वर्षीय उमेश कार्की, ३३ वर्षीय रुद्र मगर र धरान-१६ की २४ वर्षीया स्वास्तिका गुरुङ रहेका छन्।

विराटनगरबाट १०० ग्राम भन्दा बढी ब्राउन सुगर बरामद

मोरङको विराटनगर महानगरपालिका-१५, मण्ठा पोखरी क्षेत्रबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले १०० ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर-१५ का ३१ वर्षीय मोहमद हुसेन रहेका छन्।

झापामा सिटी सफारीबाट ५३ ग्राम ब्राउन सुगर बरामद

झापाको मेचीनगर नगरपालिका-८, सरस्वती टोलमा ईटाभट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह ३५६९ नम्बरको सिटी सफारीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरोको टोलीले चेकजाँच गर्दा ५३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर फेला पारेको छ।

उक्त घटनामा सफारी चालक मोरङ पथरी शनिश्चरे-५ का २५ वर्षीय गणेश चौधरी र झापा धुलाबारीका २३ वर्षीय सोमनाथ राजवंशी पक्राउ परेका छन्।पक्राउ परेका सबै १० जनामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट लागूऔषध ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी