धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न

धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न

  • आइतवार, साउन २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

काठमाडौं । देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । कृषि विभागको तथ्यांकअनुसार साउन २२ गतेसम्म देशभर लक्ष्यको ९६.०६ प्रतिशत अर्तात १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये १३ लाख १६ हजार ३९ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

गत वर्षको सोही अवधिमा भने देशभर वव ९१.३१ प्रतिशत मात्रै धान रोपाइँ भएको तथ्यांक रहेको थियो ।

सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ शतप्रतिशत अर्थात् १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमा पूर्ण रूपमा रोपाइँ सकिएको छ । यसैगरी लुम्बिनी प्रदेशमा ९७.३७ प्रतिशत, कर्णाली प्रदेशमा ९६.८२ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, गण्डकी प्रदेशमा ९५.५७ प्रतिशत, मधेश प्रदेशमा ९४.६५ प्रतिशत तथा कोशी प्रदेशमा ९३.६९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी