सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

  • शनिबार, साउन २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 836
    SHARES

नवलपरासी (बर्दघाट सुुस्ता पश्चिम), २३ साउनः पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् । सुस्ता गाउँपालिका-५ मा नारायाणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो ।

नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन् । ‘सुस्ता बचाउ अभियान’का प्रवक्ता रवीन्द्र जैसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयको सक्रियतामा बाँध निर्माण गरिएको जनाउँदै गएरातिदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान सुरु भएको बताउनुभयो ।

सुस्ताका नागरिकले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा, तारजाली, माटो, खरपातलगाय सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन् ।

यसैबीच, सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा रु ११ करोड ५० लाख लागतमा करिब एक किलोमिटर तटबन्धन निर्माण गरेको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले बताउनुभयो ।

“सोही ठाउँबाट जोडेर दोस्रो चरणमा थप रु एक करोड ४६ लाखको लागतमा आयोजनाले १३२ मिटर तटबन्धनको काम सुरु गर्ने योजना थियो । दीर्घकालीन समाधान हुन नसक्दा समस्या आइरहेको हो । अहिले पनि नारायणीको पानीले कटान गरिरहेको छ”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ