नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

  • शनिबार, साउन २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

काठमाडौँ, २३ साउन : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयले नेपाल नेत्रज्योति सङ्घलाई सार्वजनिक स्वास्थ्य विधामा ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड प्रदान गर्ने भएको छ ।

नेपालमा अन्धोपन निवारणमा पाँच दशकसम्म योगदान गरेवापत सङ्घलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । आगामी असोजमा उक्त पुरस्कार प्रदान गरिने ‘डब्लुएचओ’ दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

सङ्घले हालसम्म पाँच करोड दुई लाख ४८९ जनाको आँखा उपचार सेवा र ५६ लाख ५९ हजार ६२४ जनाको शल्यक्रिया गरेको छ । डब्लुएचओका अनुसार नेपालमा अन्धोपन सन् १९८१ मा ०.८४ प्रतिशत रहेकामा सन् २०२०/२१ मा त्यो घटेर ०.२८ प्रतिशतमा झरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ