वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन

वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन

  • शनिबार, साउन २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 551
    SHARES

काठमाडौँ, २३ साउनः ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आज पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी फाँटमा सफाइ गरी नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ अभियानको ६९१औँ हप्तामा यस क्षेत्रमा सरसफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको हो ।

पछिल्लो समय यस क्षेत्रमा नकुहिने फोहर बढेपछि गत हप्तादेखि यस क्षेत्रमा सरसफाइ हुँदै आएको छ । सफाइका क्रममा कुहिने फोहर भने यहीँ खाडल खनेर गाडिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सो अवसरमा वाग्मती नदी किनारमा विभिन्न जातका १५० बिरुवा रोपिएको छ ।

आज वाग्मती सफाइ अभियानका प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अन्य अभियानकर्मी, यस क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानका अभियानकर्मी, अधिकार सम्पनी वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, तिलगङ्गा महिला समूह, नदी संरक्षण संस्थालगायत प्रतिनिधिहरूको सहभागिता थियो ।

अर्को हप्ता साउन ३० गते शनिबार पनि यही स्थानमा सफाइ गरिने जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा हुँदै आएको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारी, चाडपर्व, वर्षा, जाडोजस्ता प्रतिकूल अवस्थामा पनि वाग्मती सफाइ अभियान जारी छ ।

वाग्मती सफाइ महाअभियानको प्रेरणाले यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड, विभिन्न सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य मुख्य सहर, मुख्यमुख्य नदी र सम्पदास्थलमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर १०८ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ