दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

  • शनिबार, साउन २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

बागमती, २३ साउनः पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची-महाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडा आइपुग्नुभएको छ ।

यही अगष्ट १ तारिख (साउन १६ गते) देखि काँकडभित्ताबाट साइकल यात्रा सुरु गर्नुभएका उहाँहरू यात्राको सातौँ दिन हेटौँडा आइपुग्नुभएको हो । आफूहरू आजै चितवनतर्फको यात्रा गर्ने साइमनले जानकारी दिनुभयो ।

हेटौँडा आइपुग्नुभएका उहाँहरूलाई आज हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापामगरसहित सोसाइटीका पदाधिकारी तथा सदस्यले स्वागत गर्नुभएको छ ।

आफू पनि बाल्यावस्थादेखि साइकलयात्रा गर्ने गरेको अनुभव सुनाउँदै ३७ वर्षीय साइमनले १० वर्षीय छोरा ग्रावियलको मेची-महाकाली साइकल यात्रा गर्ने इच्छाअनुसार यात्रामा निस्किएको जानकारी दिनुभयो । छोरा ग्रावियल पोखरास्थित शुभकामना विद्यालयमा कक्षा ४ मा पढ्दै हुनुहुन्छ । साइकल यात्रा यति नै दिनमा पूरा गर्ने भन्ने नभए पनि करिब १५ देखि २० दिनमा यात्रा पूरा गर्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ