करदाता प्रोत्साहन कार्यक्रम: साउन १-१५ को लक्की ड्र मार्फत १६ जना उपभोक्ताले जिते ११ लाखको पुरस्कार

करदाता प्रोत्साहन कार्यक्रम: साउन १-१५ को लक्की ड्र मार्फत १६ जना उपभोक्ताले जिते ११ लाखको पुरस्कार

  • शनिबार, साउन २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 874
    SHARES

काठमाडौँ। वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने-दिने संस्कृतिको विकास गर्ने उद्देश्यले सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गत पहिलो चरणको भाग्यशाली विजेता छनोट गरिएको छ।

आन्तरिक राजस्व विभागद्वारा अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साउन १ गतेदेखि १५ गतेसम्म विद्युतीय तथा दर्ता भएका पसलबाट वस्तु र सेवा खरिद गर्ने उपभोक्ताहरूमध्येबाट लक्की ड्र मार्फत विजेता छनोट गर्नुभएको हो।

छनोट अनुसार १५ जना उपभोक्ताले रु. १-१ लाख र एक जना भाग्यशाली उपभोक्ताले रु. १० लाखको बम्पर पुरस्कार जित्न सफल भएका छन्।

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार
यस पटकको १५ दिने अवधिको रु. १० लाख राशिको बम्पर पुरस्कार कञ्चनपुरको पुनर्वास नगरपालिकाका हेमराज जोशीले जितेका छन्। जोशीले गत साउन ७ गते रु. २५० पर्ने सामान खरिद गर्दा अनलाइन बैंकिङ (QR Code) मार्फत भुक्तानी गरी उक्त बम्पर पुरस्कार जित्न सफल भएका हुन्।

रु. १ लाख पुरस्कार जित्ने १५ विजेता र उनीहरूले गरेका कारोबार:
रूपन्देही (शुद्धोधन): साउन १ गते लिटिल फ्लावर इङ्लिस बोर्डिङ स्कुलमा रु. ३० हजार शैक्षिक शुल्क अनलाइन भुक्तानी गर्ने (पहिचान खुल्न बाँकी)।

ललितपुर (सुनाकोठी): साउन २ गते आरबी इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्सबाट रु. २७० को सामान किन्ने अमित राई।

पोखरा (विरौटा): साउन ३ गते टर्मिनल वान हिमालयन मार्टमा रु. ५६० को सामान खरिद गर्ने नरेन्द्र।

भक्तपुर (राधेराधे): साउन ४ गते बबल्स इन्टरटेनमेन्टबाट रु. २४० को मुभी टिकट किन्ने हिमाल अर्याल।

चितवन: साउन ५ गते भेटघाट रेस्टुरेन्टमा रु. ३०० को खाजा खाएका राजकुमार।

सुनसरी (इटहरी): साउन ६ गते श्री पाथिभरा देवी ट्रेडर्सबाट रु. २३० को सामान खरिद गर्ने अर्जुन।

काठमाडौँ (टोखा): साउन ७ गते हाम्रो सहारा सेभिङ एण्ड क्रेडिटको सहकारी पसलबाट रु. ३ हजारको सामान किन्ने पञ्चनारायण।

रूपन्देही: साउन ८ गते शुभसिद्धि सप्लायर्सबाट रु. ८ सयको सामान खरिद गरेकी सपना खरेल।

दोलखा (चरिकोट): साउन ९ गते एम्ब्रोसिया होटलमा रु. ७३० भुक्तानी गरेका सञ्जय श्रेष्ठ।

विराटनगर: साउन १० गते मुस्कान मोबाइल पसलका लागि होलसेलमा सामान किनी आफ्नै वालेटबाट भुक्तानी गर्ने पसलका कर्मचारी (भेरिफाइ हुँदै)।

काठमाडौँ (टोखा): साउन ११ गते टोखा डेरीबाट रु. २२५ को सामान खरिद गरेकी रश्मी।

काठमाडौँ (लाजिम्पाट): साउन १२ गते मेघा मार्टबाट रु. १६० को सामान खरिद गरेका प्रवीण।

रूपन्देही (सिद्धार्थनगर): साउन १३ गते हाटबजारको मदन स्टोरबाट रु. ५८० को सामान किन्ने सन्तोष गुरूङ।

काठमाडौँ (शान्तिनगर): साउन १४ गते अलिप्स इकमबाट रु. ५ सयको मोबाइल ब्यालेन्स रिचार्ज गरेका सुदीप तामाङ।

सुर्खेत (वीरेन्द्रनगर): साउन १५ गते पिपुल कलेक्सनबाट रु. ५ सयको सामान किनेकी लिना ठाडा।

कसरी सहभागी हुने उपहार कार्यक्रममा?
आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (PAN) वा मूल्यअभिवृद्धि कर (VAT) मा दर्ता भएका बिक्रेताबाट निजी प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गर्ने अन्तिम उपभोक्ता यसमा सहभागी हुन पाउँछन्।

डिजिटल/विद्युतीय भुक्तानी (QR/Online): यदि उपभोक्ताले खरिदको भुक्तानी विद्युतीय माध्यमबाट गरेका छन् भने राष्ट्र बैंकको समन्वयमा उक्त कारोबार स्वतः उपहार योजनामा सहभागी हुन्छ।

नगद (Cash) भुक्तानी: नगद भुक्तानी गरी बिल लिएका उपभोक्ताले भने विभागको आधिकारिक वेबसाइट prize.ird.gov.np मा गई आफ्नो बिलको विवरण अद्यावधिक (Update) गराउनुपर्नेछ।

विभागका अनुसार हरेक महिनाको १ गते र १६ गते नियमित रूपमा लक्की ड्र मार्फत विजेता छनोट गरिनेछ। तर, व्यावसायिक प्रयोजनका लागि खरिद गरिएका बिल, सरकारी निकायका बिल, टेलिफोन, इन्टरनेट, बिजुली, हवाइ टिकट र सवारी साधन खरिदका बिल भने यो उपहार योजनामा समावेश नहुने विभागले स्पष्ट पारेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी