संसद्‌मा आफ्नै सांसदहरूको आलोचनापछि प्रधानमन्त्री बालेनको अभिव्यक्ति: ‘ढिला होला, तर गलत हुँदैन’

संसद्‌मा आफ्नै सांसदहरूको आलोचनापछि प्रधानमन्त्री बालेनको अभिव्यक्ति: ‘ढिला होला, तर गलत हुँदैन’

  • शनिबार, साउन २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 969
    SHARES

आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद्‌भित्रै आलोचना गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

शुक्रबार राति ११:०६ बजे फेसबुकमा एक भावुक सन्देश पोस्ट गर्दै प्रधानमन्त्री शाहले सही परिस्थिति निर्माण हुन केही समय लाग्ने बताएका छन्। आम नागरिकलाई धैर्यधारण गर्न आग्रह गर्दै उनले बाहिर सुनिएका वा देखिएका विषयभन्दा भित्री वास्तविकता फरक हुन सक्ने उल्लेख गरे।

“केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,” प्रधानमन्त्री शाहले लेखेका छन्, “सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी