एनएमबि सरल बचत फण्ड-इ ले दियो ५.२५ प्रतिशत नगद प्रतिफल, २५.६८ करोड बाँडिने

एनएमबि सरल बचत फण्ड-इ ले दियो ५.२५ प्रतिशत नगद प्रतिफल, २५.६८ करोड बाँडिने

  • शुक्रबार, साउन २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 874
    SHARES

काठमाडौँ, २२ साउनः   एनएमबि म्युचुअल फण्डअन्तर्गत योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडद्वारा सञ्चालित खुल्लामुखी योजना ‘एनएमबि सरल बचत फण्ड-इ’ (NMB Saral Bachat Fund-E) ले इकाईधनीहरूका लागि नगद प्रतिफल घोषणा गरेको छ

कम्पनीको निर्णय अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि २०८३ आषाढ मसान्तमा कायम कायम इकाई पुँजी रु. ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसाको ५.२५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु. २५ करोड ६८ लाख १७ हजार १८८ रुपैयाँ ८७ पैसा नगद प्रतिफल वितरण गरिनेछ

उक्त घोषित प्रतिफल प्राप्त गर्नका लागि मिति २०८३ श्रावण २१ गतेसम्म इकाईधनी दर्ता किताबमा नाम कायम रहेका लगानीकर्ताहरू मात्र योग्य हुने क्यापिटलले जनाएको छ

पुनर्लगानीको विकल्प र वितरण प्रक्रिया

प्रतिफल वितरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र नियामकीय मापदण्ड अनुसार सम्पन्न गरिने योजना व्यवस्थापकले स्पष्ट पारेको छ। लाभांश पुनर्लगानी योजना (Dividend Reinvestment Plan – DRIP) रोजेका इकाईधनीहरूले प्राप्त प्रतिफल रकमबाटै थप इकाइहरू खरिद गरी आफ्नो लगानी विस्तार गर्न सक्नेछन्। DRIP मा सहभागी नहुने इकाईधनीहरूको हकमा भने नियमानुसार लाग्ने कर कट्टी गरी बाँकी रकम सिधै सम्बन्धित बैंक खातामा जम्मा गरिनेछ

एनएमबि क्यापिटलले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण र स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वास सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। आगामी दिनमा पनि बजारको अवस्था र लगानीकर्ताको हितलाई ध्यानमा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिइने कम्पनीको भनाइ छ

साथै, प्रतिफल सहज रूपमा प्राप्त गर्नका लागि आफ्ना बैंक विवरण तथा व्यक्तिगत अभिलेख अद्यावधिक राख्न इकाईधनीहरूलाई अनुरोध गरिएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी