ग्यास वितरणमा भेदभाव : पहुँचवालालाई पुर्‍याउने, निमुखालाई कुराउने

ग्यास वितरणमा भेदभाव : पहुँचवालालाई पुर्‍याउने, निमुखालाई कुराउने

  • बिहिबार, साउन २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

पोखरा ।  पोखरा महानगरपालिका–५ मालेपाटन नजिकै बुलौंदी खोला छेउमा ट्रकबाट धमाधम ढुवानी भ्यानमा खाना पकाउने ग्यास सारिँदै गर्दा स्थानीय उपभोक्ताले घेराउ गरे। बजारमा सिलिन्डर नपाएर छटपटिएका सर्वसाधारणले खाली सिलिन्डर बोकेरै अवरोध गर्ने चेतावनी दिएपछि चालक साट्न बाध्य भए।
पोखरामा खाना पकाउने ग्यासको चरम अभाव भएको एक साताभन्दा बढी भइसकेको छ। नेपाल आयल निगमले पर्याप्त ग्यास आयात भइरहेको विज्ञप्ति निकालिरहे पनि पोखराका सडक र डिलर अगाडि सर्वसाधारणको लम्बेतान लाइन भने हट्न सकेको छैन।

अनुगमनमा भेटियो बदमासी: कुटानी-पिसानी मिलमा ग्यास 

पोखरामा दैनिक हजारौँ सिलिन्डर ग्यास भित्रिँदा पनि सर्वसाधारणले नपाउनुको पछाडि व्यवसायी र सप्लायर्सहरूको कालाबाजारी तथा बदमासी रहेको फेला परेको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) चित्रांग बरालका अनुसार शुक्रबारयता पोखरामा ७-८ हजार र बिहीबार मात्रै थप ६ हजार सिलिन्डर ग्यास भित्रिएको छ। तर अनुगमनका क्रममा व्यापक अनियमितता र ग्यास लुकाइएको भेटिएको छ ।

मालेपाटनस्थित हिरन सप्लायर्स: उपभोक्तालाई ‘ग्यास सकियो’ भनेर फर्काइएपछी अनुगमन गर्दा नजिकैको कुटानी-पिसानी मिलभित्र २६ सिलिन्डर ग्यास लुकाएर राखिएको भेटिएको बताइएको छ ।

सिर्जनाचोकको चेरिस्मा इम्पोरियममा एकैदिन ३२४ सिलिन्डर ग्यास प्राप्त गरे पनि वितरण पारदर्शी नभएको पनि अनुगमनमा देखिएको बताइएको छ .  डिहिकोपाटनको डिएनआर ट्रेडर्सले पनि प्राप्त ३०० सिलिन्डरमध्ये १०० सिलिन्डर ग्यास कहाँ कसलाई बाँडियो भन्ने कुनै विवरण नै अनुगमन टोलीलाई उपलब्ध गराउन सकेन ।

सामान्य नागरिक लाइनमा, पहुँचवाला र होटललाई स्टक

अनुगमन टोलीका संयोजक तथा सहायक सीडीओ बरालका अनुसार अभावको मुख्य कारण सप्लायर्सहरूको विभेदकारी वितरण प्रणाली रहेको पाइयो । उनले भने, “सप्लायर्सहरूले ठीक ढंगले वितरण गरेको देखिएन। सामान्य नागरिक तीन-तीन दिनसम्म रित्तै हात लाइन लाग्ने तर पहुँचवाला र ठूला होटल/रेस्टुरेन्टहरूमा ठूलो संख्यामा ग्यास झारिदिने काम भएको छ। पहुँचवालाले धेरै लिएर स्टक राख्दा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका हुन्,” ।
छोरेपाटनकी सीता भुजेल जस्ता थुप्रै सर्वसाधारण रत्नचोक, डिहिकोपाटन र सिर्जनाचोकमा अघिल्लो रातदेखि नै खाली सिलिन्डर कुरेर बसिरहेका छन्।

 अब दिनहुँ साँझ ग्यास वितरणको विवरण सार्वजनिक गरिने

बजारमा चरम गडबडी भेटिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यास विक्रेता संघ, व्यवसायी र सप्लायर्सहरूलाई बोलाएर कडा निर्देशन दिएको छ।
प्रशासनले  ग्यास बिक्री गर्दा अब अनिवार्य रूपमा बिल काट्नुपर्ने, जसले गर्दा कसलाई र कति ग्यास दिइयो भन्ने स्पष्ट हुनुपर्ने र  पोखरामा दैनिक कति ग्यास भित्रियो र ती कुन-कुन डिलरबाट कहाँ-कहाँ वितरण भए भन्ने हरेक साँझ जिल्ला प्रशासन कार्यालयमार्फत विवरण सार्वजनिक गर्नुपर्ने निर्देशन दिएको छ ।
लुकाउने, कालोबजारी गर्ने वा अपारदर्शी रूपमा ग्यास बाँड्ने सप्लायर्स र डिलरमाथि कडा कानुनी कारबाही गरिने पनि चेतावनी दिएको छ ।
ग्यास बिक्रेता संघ कास्कीका अध्यक्ष नारायणदत्त दाहालका अनुसार हाल पोखरामा १४ वटा कम्पनीका ग्यास भित्रिने गरेका छन् भने संघमा ३६ वटा सप्लायर्सहरू आबद्ध छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी