विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष केसी र सदस्य-सचिव श्रेष्ठद्वारा शपथ ग्रहण

विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष केसी र सदस्य-सचिव श्रेष्ठद्वारा शपथ ग्रहण

  • बिहिबार, साउन २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

काठमाडौँ, २१ साउनः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा डा खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसीलाई शपथ गराउनुभएको हो । त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव प्रा डा रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताउनुभयो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा डा केसी र सचिवमा प्रा डा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रा डा केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा डा केसरजङ्ग बरालले राजीनामा दिएपछि उहाँले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।

अन्तरराष्ट्रिय सम्बन्ध, भू–राजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पिएचडी) गर्नुभएको छ । उहाँ तीन दशकभन्दा बढी समयदेखि अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहनुभएको छ ।

आयोगकी नवनियुक्त सचिव प्रा डा श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पिएचडी) गर्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानबाट नर्सिङमा विद्यावारिधि हासिल गर्नुभएको हो । नर्सिङ अनुसन्धानमा उल्लेखनीय योगदान पु¥याएबापत उहाँ ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित हुनुभएको थियो भने नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी