झुम्का कारागारबाट फरार २० वर्ष कैद सजाय पाएका छत्रबहादुर तेह्रथुमबाट पक्राउ

झुम्का कारागारबाट फरार २० वर्ष कैद सजाय पाएका छत्रबहादुर तेह्रथुमबाट पक्राउ

  • बिहिबार, साउन २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

झुम्का । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भई कारागारमा कैद भुक्तान गरिरहेकै अवस्थामा फरार रहेका एक व्यक्तिलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपाली रहेका छन्।

इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक रूपेश तामाङको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

जिल्ला अदालत तेह्रथुमको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका नेपाली सुनसरीस्थित झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए। तर, २०८२ साल भदौ २३ र २४ गते झुम्का कारागारमा भएको आन्दोलन र अनियन्त्रित परिस्थितिको फाइदा उठाउँदै उनी कारागारबाट फरार भएका थिए।

फरार प्रतिवादी नेपाली आफ्नै घरमा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा साउन २० गतेदेखि नै प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासलाई तीव्र पार्ने क्रममा आज अपराह्न करिब २ बजे उनलाई घरैबाट नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
पक्राउ परेका नेपालीलाई बाँकी कैद सजाय भुक्तानका लागि पुनः कारागार चलान गर्ने कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ