नेपाली कांग्रेस इतर समूहको ‘राष्ट्रिय भेला’: शशांकको नेतृत्वमा ५५१ सदस्यीय मूल समिति, ३२ उपसमितिका संयोजक तोकिए (सूचीसहित)

नेपाली कांग्रेस इतर समूहको ‘राष्ट्रिय भेला’: शशांकको नेतृत्वमा ५५१ सदस्यीय मूल समिति, ३२ उपसमितिका संयोजक तोकिए (सूचीसहित)

  • बिहिबार, साउन २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

नेपाली कांग्रेसभित्रको इतर समूहले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘राष्ट्रिय भेला’को तयारी तीव्र पारेको छ।
भेलालाई व्यवस्थित, अनुशासित र प्रभावकारी रूपमा सम्पन्न गर्न पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरिएको छ। सोही मूल समिति अन्तर्गत रहने गरी नीतिगत प्रस्ताव, व्यवस्थापन र समन्वयका लागि ३२ वटा विभिन्न उपसमितिहरू गठन गर्दै संयोजकहरू चयन गरिएको छ।
प्रचार-प्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माका अनुसार भेलाका लागि नीतिगत, साङ्गठनिक, आर्थिक तथा प्राविधिक व्यवस्थापनका लागि पार्टीका प्रभावशाली नेताहरूलाई उपसमितिको जिम्मेवारी सुम्पिएको छ।

 कुन उपसमितिमा को बने संयोजक? (पूर्ण सूची)

 प्रस्ताव, नीति तथा व्यवस्थापन उपसमितिहरू:

क्र.सं. उपसमितिको नाम संयोजक
१ राजनीतिक प्रस्ताव तयारी समिति विमलेन्द्र निधि (पूर्वउपसभापति)
२ साङ्गठनिक प्रस्ताव तयारी समिति उमाकान्त चौधरी (पूर्वसहमहामन्त्री)
३ समसामयिक प्रस्ताव तयारी समिति एनपी साउद
४ विधान समिति रमेश लेखक
५ नेपाली कांग्रेसको आर्थिक नीति समिति डा. प्रकाशशरण महत
६ प्रचार प्रसार समिति मीनबहादुर विश्वकर्मा
७ आर्थिक व्यवस्थापन समिति दीपक खड्का
८ प्रशासन समन्वय समिति मोहनबहादुर बस्नेत
९ भोजन व्यवस्था समिति पूर्णबहादुर तामाङ ‘कान्छाराम’
१० स्वयंसेवक परिचालन समिति जितजंग बस्नेत
११ सांस्कृतिक समिति विद्या तिमिल्सीना
१२ मञ्च तथा हल व्यवस्थापन समिति राजु श्रेष्ठ
१३ स्वास्थ्य समिति उमेशजंग रायमाझी
१४ सचिवालय समन्वय समिति दीपकप्रसाद कुइँकेल

 भ्रातृ, शुभेच्छुक तथा समुदाय समन्वय उपसमितिहरू:

क्र.सं. उपसमितिको नाम संयोजक
१५ विदेशस्थित नेपाली जनसम्पर्क समन्वय समिति किरण पौडेल
१६ ट्रेड युनियन समन्वय समिति हरिशरण नेपाली
१७ भ्रातृ संघ समन्वय समिति गोविन्दबहादुर शाह
१८ शुभेच्छुक संस्था समन्वय समिति ईश्वरी न्यौपाने
१९ आदिवासी जनजाति समन्वय समिति गणेश लामा
२० दलित समुदाय समन्वय समिति नृप वड
२१ महिला समन्वय समिति उषा राउत
२२ युवा विद्यार्थी परिचालन समिति कुन्दनराज काफ्ले
२३ पेसागत बुद्धिजीवी परिचालन समिति भीमसेनदास प्रधान
२४ वैदेशिक रोजगार व्यवसायी समन्वय समिति सीता देवकोटा
२५ जिल्ला काठमाडौँ सम्पर्क समन्वय समिति मानबहादुर नेपाली

प्रदेश समन्वय उपसमितिहरू:

क्र.सं. प्रदेश संयोजक
२६ कोशी प्रदेश गोमा भट्टराई
२७ मधेस प्रदेश पदमनारायण चौधरी
२८ बागमती प्रदेश शिव हुमागाईँ
२९ गण्डकी प्रदेश गुरु बराल
३० लुम्बिनी प्रदेश गेहेन्द्र गिरी
३१ कर्णाली प्रदेश सीता राना
३२ सुदूरपश्चिम प्रदेश वीरबहादुर बलायर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ