निजामतीसहित सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक: मुख्यसचिवको ८४ हजार बढी, कसको कति? (सूचीसहित)

निजामतीसहित सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक: मुख्यसचिवको ८४ हजार बढी, कसको कति? (सूचीसहित)

  • बिहिबार, साउन २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान, ग्रेड र प्रोत्साहन भत्ताको विवरण सार्वजनिक गरेको छ।
गत जेठ १५ गते बजेटमार्फत घोषणा गरिएको १० प्रतिशत तलब वृद्धि र १० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयलाई साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो। सोही निर्णय अनुसार अर्थ मन्त्रालयले बुधबार सबै सरकारी निकायहरूलाई नयाँ तलबमानबारे पत्राचार गर्दै जानकारी गराएको हो।
यस नयाँ तलबमान र प्रोत्साहन भत्ता निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षकका साथै प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूले पाउनेछन्।

 कुन पदको सुरुको तलबमान कति? (निजामतीतर्फ)

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मुख्यसचिवदेखि राजपत्र अनङ्कित चतुर्थ श्रेणीसम्मका कर्मचारीहरूको नयाँ सुरुवाती तलबमान निम्न अनुसार रहेको छ:
श्रेणी / पद नयाँ सुरुको तलबमान (रू.)
मुख्य सचिव ८४,९३२/-
राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) ७९,२९०/-
अतिरिक्त सचिव (पेन्सन प्रयोजनका लागि) ६६,५३९/-
राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) ६२,४६६/-
राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) ५३,६११/-
राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) ४८,०५८/-
राजपत्र अनङ्कित प्रथम अतिरिक्त मान (पेन्सनका लागि) ४१,५१७/-
राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) ३८,२०३/-
राजपत्र अनङ्कित द्वितीय अतिरिक्त मान (पेन्सनका लागि) ३७,४०७/-
राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) ३६,१९२/-
राजपत्र अनङ्कित तृतीय श्रेणी ३०,३७३/-
राजपत्र अनङ्कित चतुर्थ श्रेणी २८,६९०/-

 १० प्रतिशत प्रोत्साहन भत्ता र ग्रेड रकम

कर्मचारीहरूले नयाँ कायम भएको सुरु तलबमानका साथै एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धिपछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकमसमेत प्राप्त गर्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ