ललितपुरको ग्वार्को फ्लाई ओभरमा बस दुर्घटना: १ जनाको मृत्यु, १७ जना घाइते

ललितपुरको ग्वार्को फ्लाई ओभरमा बस दुर्घटना: १ जनाको मृत्यु, १७ जना घाइते

  • बिहिबार, साउन २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 798
    SHARES

ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभर (Flyover) को भित्तामा यात्रुवाहक बस ठोकिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
दुर्घटनामा परी ४० वर्षीया जेनिषा लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
बिहीबार बिहान साढे १० बजेतिर भक्तपुरबाट कलङ्कीतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस ग्वार्को फ्लाई ओभरको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो।

 घाइतेहरूको दुई अस्पतालमा उपचार, चालक नियन्त्रणमा

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी नजिकैका अस्पतालहरूमा पुर्‍याएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार:
  • बीएन्डबी अस्पताल (ग्वार्को): ९ जना घाइतेको उपचार भइरहेको छ।
  • ग्लोबल अस्पताल: ७ जना घाइतेको उपचार भइरहेको छ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ