पर्साको वीरगञ्जमा मापसे (मादक पदार्थ सेवन) गरी चलाएको भारतीय ग्यास ट्याङ्करले ई-रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
वीरगञ्ज महानगरपालिका–२४ स्थित बहुअरी चोकनजिकै हुलाकी सडक खण्डमा गएराति करिब ८ बजे दुर्घटना भएको हो।
पावरहाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको आरजे १४ जीई ८७१० नम्बरको भारतीय ग्यास ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो।
घाइतेहरूको न्युरो अस्पतालमा उपचार, चालक नियन्त्रणमा
ठक्करबाट ई-रिक्सामा सवार ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको छ। दुर्घटनालगत्तै प्रहरी र स्थानीयले सबै घाइतेहरूको उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा भर्ना गराएका छन्।
ई-रिक्सालाई ठक्कर दिएर फरार भएका ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भारतको मुजफ्फरपुर जिल्ला साहेबगञ्ज निवासी ४८ वर्षीय धनेश्वर राय रहेका छन्। स्वास्थ्य परीक्षण गर्दा चालक रायले मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी चलाएको पुष्टि भएको प्रहरीले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline