भारतमा मल लिन जाँदा पक्राउ परेका सर्लाहीका दुई नेपाली एक महिनापछि रिहा

भारतमा मल लिन जाँदा पक्राउ परेका सर्लाहीका दुई नेपाली एक महिनापछि रिहा

  • बुधबार, साउन २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

:

भारत बिहारको सीतामढीमा रासायनिक मल खरिद गर्न जाँदा पक्राउ परेका सर्लाहीका दुई नेपाली सर्वसाधारण एक महिनापछि रिहा भएका छन्।

रिहा हुनेहरूमा सर्लाहीको बलरा नगरपालिका–५ निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह रहेका छन्। खेतीपातीका लागि मल किनेर घर फर्किने क्रममा उनीहरूलाई एक महिनाअघि भारतीय प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको थियो।

स्थानीय अदालतले उनीहरूलाई जमानतमा रिहा गर्न आदेश दिएको सुरेशप्रसाद सिंहका छोरा अविनाश सिंहले जानकारी दिएका हुन्।

 न्यायाधीश बिदामा बस्दा रिहाइमा ढिलाइ

अदालतबाट जमानतको आदेश भइसके पनि कानुनी प्रक्रियाका कारण उनीहरू बिहीबार मात्रै घर आइपुग्ने भएका छन्।

“उहाँहरू यसअघि नै छुट्नेवाला हुनुहुन्थ्यो, तर त्यहाँका न्यायाधीश बिदामा बसेका कारण प्रक्रियामा केही ढिलाइ भएको हो। अदालतले जमानतमा छाड्न आदेश दिए पनि भारतकै कुनै व्यक्ति साक्षी बस्नुपर्ने प्रावधान भएकाले भोलि (बिहीबार) घर ल्याइनेछ,” अविनाश सिंहले भने।

नेपालमा खेतीका बेला रासायनिक मलको तीव्र अभाव भएपछि सीमावर्ती क्षेत्रका किसानहरू जोखिम मोलेरै भारतीय बजारबाट मल खरिद गरी ल्याउन बाध्य हुँदै आएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ