काठमाडौँका होटल तथा रेस्टुरेन्टमा धुम्रपानका लागि छुट्टै कोठा अनिवार्य, पालना नगरे कारबाही हुने

काठमाडौँका होटल तथा रेस्टुरेन्टमा धुम्रपानका लागि छुट्टै कोठा अनिवार्य, पालना नगरे कारबाही हुने

  • बुधबार, साउन २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ जिल्लाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टहरूमा अब धुम्रपानका लागि अनिवार्य रूपमा छुट्टै कोठा वा स्थान (Designated Smoking Area) को व्यवस्था गर्नुपर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले बुधबार एक ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै सबै होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूलाई धुम्रपान गर्ने छुट्टै ठाउँ बनाउन निर्देशन दिएको हो।

होटल तथा रेस्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का, चुरोट लगायतका सुर्तीजन्य पदार्थको प्रयोग भइरहेको र त्यसबाट धुम्रपान नगर्ने सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको हो।

चारैतिर बन्द हुने गरी धुम्रपान स्थल बनाउनुपर्ने

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को कानुनी व्यवस्था कडाइका साथ पालना गर्न आग्रह गरिएको छ।

सूचना अनुसार होटल तथा रेस्टुरेन्टहरूले:

  • धुम्रपान गर्न पाइने र नपाइने स्थलहरू स्पष्ट देखिने गरी सूचना टाँस्नुपर्नेछ।

  • धुम्रपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द हुने गरी र त्यसको धुवाँ/असर बाहिर रहेका अन्य ग्राहकहरूलाई नपर्ने गरी मात्र व्यवस्थित गर्नुपर्नेछ।

 कानुनी कारबाही र अनुगमन

जिल्ला प्रशासन कार्यालयले तोकिएको मापदण्ड अनुसार धुम्रपान स्थलको व्यवस्था नगर्ने होटल तथा रेस्टुरेन्टहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ। यस निर्देशनको पालना भए-नभएको विषयमा जिल्ला प्रशासनबाट टोली खटाई कडा अनुगमन गर्नेसमेत जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ