एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ७ करोड रूपैयाँ खुद नाफा कमाएको छ।
बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवमा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७५ प्रतिशत (रु. २३ करोड) ले बढी हो। अघिल्लो आव २०८१/८२ मा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रूपैयाँ नाफा कमाएको थियो।
सञ्चित नाफा बढेर ५ अर्ब २५ करोड ७८ लाख रूपैयाँ पुगेसँगै बैंकको प्रतिसेयर ३८.३२ रुपैयाँ लाभांश बाँड्न सक्ने क्षमता बनेको छ।
मुख्य वित्तीय सूचकहरू:
-
खुद ब्याज आम्दानी: ९ अर्ब १९ करोड रूपैयाँ (अघिल्लो आवमा रु. ९ अर्ब १० करोड)
-
शुल्क तथा कमिसन आम्दानी: १ अर्ब ९४ करोड रूपैयाँ
-
कर्जा लगानी: २ खर्ब ३५ अर्ब ५६ करोड रूपैयाँ (अघिल्लो आवमा रु. २ खर्ब १३ अर्ब)
-
चुक्ता पुँजी: १३ अर्ब ७२ करोड रूपैयाँ
-
जगेडा कोष: १५ अर्ब ७२ करोड रूपैयाँ (अघिल्लो आवमा रु. १३ अर्ब ८६ करोड)
-
प्रतिसेयर नेटवर्थ: २५६.४७ रुपैयाँ
-
सीडी रेसियो (CD Ratio): ७७.५७ प्रतिशत
ईपीएस र स्प्रेड दरमा सामान्य गिरावट
बैंकको खुद नाफा बढे पनि प्रतिसेयर आम्दानी (EPS) र स्प्रेड दरमा भने केही गिरावट आएको छ:
-
प्रतिसेयर आम्दानी (EPS): अघिल्लो आवको ३७.३९ रुपैयाँबाट घटेर ३६.९५ रुपैयाँ कायम भएको छ।
-
ब्याजदर अन्तर (Spread Rate): ३.४८ प्रतिशतबाट झरेर ३.०५ प्रतिशतमा सीमित भएको छ।
-
पुँजीकोष अनुपात: १३.१७ प्रतिशतबाट घटेर १२.२३ प्रतिशत र प्राथमिक पुँजी अनुपात ९.९८ प्रतिशत कायम भएको छ।
खराब कर्जा र सम्भावित नोक्सानी व्यवस्था
समग्र बैंकिङ क्षेत्रमा खराब कर्जाको दबाब रहे पनि एभरेष्ट बैंकको खराब कर्जा भने नियन्त्रणभित्रै देखिएको छ। अघिल्लो आवमा ०.३८ प्रतिशत रहेको निष्क्रिय कर्जा (NPL) सामान्य बढेर ०.४९ प्रतिशत पुगेको छ।
बैंकले गत आर्थिक वर्षमा सम्भावित जोखिम (इम्पेयरमेन्ट चार्ज) बापत २७ करोड २८ लाख रूपैयाँ छुट्याएको छ।