साउन, १९ काठमाडाैं । सुनसरी घटनामा प्रहरीकाे गाेली लागि ज्यान गुमाएका रविन्द्र मेहताकाे शव बुझ्न परिवारले नमानेपछि विषय बुझ्न गृहमन्त्री गुरूङ महाराजगञ्जस्थित त्रिवि टिचिङ अस्पताल पुगेका छन् ।
उपचारका क्रममा रविन्द्रकाे आज बिहान टिचिङकाे सघन कक्षमा मृत्यु चएकाे थियाे । गृहमन्त्री गुरूङ अस्पताल पुगेसँगै हाता क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बाक्लाे संख्यामा तैनाथ गरिएकाे छ । मृतकका दाजु लगायत आफन्तसँग गुरूङले अहिले वार्ता गरिरहेका छन् ।
याेसँगै सुनसरी घटनामा ३ र सिरहामा १ गरी ४ जनाकाे ज्यान गएकाे छ । अन्य दर्जनभन्दा बढी घाइतेहरूकाे विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । उपचारकाे सम्पूर्ण खर्च सरकारले व्यहाेर्ने वचन दिइएकाे छ । दाेषीलाई कारवाही गर्ने गृहमन्त्री गुरूङले सुनसरी र सिरहा पुगेर दुवै पक्षलाई आश्वसन दिएका छन् ।
यहि साउन १० मा हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा प्रहरीले गाेली चलाएकाे थियाे । घाइते अधिकांशकाे कम्मरभन्दा माथि गाेली लागेकाे छ । प्रहरीले गाेली चलाएपछि तराई केही दिनसम्म अशान्त बन्दै तराईका सबै जिल्लामा धार्मिक दंगा फैलिन खतरा समेत बढेकाे थियाे ।
