सुनसरी घटनाका घाइतेमध्ये थप १ काे ज्यान गयाे, गृहमन्त्री नआएसम्म शव नबुझ्ने मृतकका परिवारकाे अडान

सुनसरी घटनाका घाइतेमध्ये थप १ काे ज्यान गयाे, गृहमन्त्री नआएसम्म शव नबुझ्ने मृतकका परिवारकाे अडान

  • मङ्लबार, साउन १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

साउन, १९ काठमाडाैं । हिन्दू र मुस्लिम धर्म पक्षधरबीच सुनसरीमा साउन १० मा भएकाेझडपमा प्रहरीले चलाएकाे गाेली लागेर उपचार गराइरहेका घाइतेमध्ये थप १ जनाकाे मृत्यु भएकाे छ । घाइते अवस्थामा उद्धार गरी काठमाडाैं ल्याई त्रिवि टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत सुनसरीका रविन्द्र मेहताकाे आज बिहान मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

छातीमा गाेली लागेका उनकाे सघन कक्षमा उपचार गराइरहेका थिए । याेसँगै सुनसरी घटनामा गाेली लागेर मृत्यु हुनेकाे संख्या ४ पुगेकाे छ । घटनामा गाेली लागेर १० जना घाइते भएकाका ओमप्रकाश मेहताकाे साेहि दिन घटनास्थलमै ज्यान गएकाे थियाे ।

रविन्द्रका आफन्तले गृहमन्त्री आएर वार्ता नगरेसम्म शव नबुझ्ने मृतकका दाजुले बताएका छन् । अहिले दाजु र आफन्त टिचिङ अस्पताल हाताभित्र धर्ना बसिरहेका छन् । गृहमन्त्री अस्पतालमा उपस्थित भएर आफूहरूसँग संवाद गरेर सहमति गर्नुपर्ने उनीकाे माग छ । मृतकलाई सहिद घाेषणा गर्नुपर्ने, दाेषीलाई कारवाही गर्नुपर्ने, परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने, घटना दाेहाेरिन नदिन सुरक्षाकाे ग्यारेन्टी गर्नुपर्ने लगायत माग राखेका छन् ।

सुनसरीकाे कप्तानगञ्जमा भएकाे धार्मिक दंगामा परी ओेमप्रकाश, जयप्रकाश मेहता र सिरहाकाे गाेल बजार दंगामा गणेश यादवकाे यसअघि ज्यान गइसकेकाे छ । तराईमा पुगेर मृतकका परिवारलाई उचित क्षतिपुर्ति दिने र दाेषीलाई कारवाही गरिने वचन गृहमन्त्री सुधन गुरूङले यसअघि नै दिइसकेका छन् ।

टिचिङमा रविन्द्रका आफन्तसँग भेट गर्न गृहमन्त्री गुरूङ जाने तयारी गरिरहेकाे बुझिएकाे छ । अहिले अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ