सुनकोशी नदीमा बेपत्ता यात्रु र कार अझै सम्म भेत्तिएन , खोजी कार्य जारी

सुनकोशी नदीमा बेपत्ता यात्रु र कार अझै सम्म भेत्तिएन , खोजी कार्य जारी

  • मङ्लबार, साउन १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ, १९ साउनः मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा बेपत्ता तीन जना यात्रु र कारको खोजी कार्य आज पनि जारी रहेको छ ।

सोमबार बिहान त्यसस्थानमा काठमाडौँबाट–ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेका बाप्र ०८–००१–ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा सडकमा रोकी रहेको कार करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको थियो ।

उक्त दुर्घटनामा कारमा सवार सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का स्काभेटर चालक गणेश थापा र तीन पाटन गाउँपालिका–९ का स्काभेटरका सहचालक सुजन मगर कारसहित कोशीमा हराइरहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको खुर्काेटबाट खटिएको गोताखोरसहितको टोली, नेपाल प्रहरी र स्थानीयले डुङ्गाको प्रयोग गरी खोजी गरिरहे पनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

बर्खायाम भएकाले सुनकोशी धमिलो र उच्च पानीको बहाव रहेकाले खोजी कार्य चुनौतीपूर्ण भइरहेको रहेको त्यहाँ खटिनुभएका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताउनुभयो ।

यसैबीच उक्त घटनापछि अवरुद्ध मध्यपहाडी राजमार्गको घुर्मी– खुर्काेटखण्ड खुलाउन पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायबीच वार्ता भइरहेको छ । सडकमा रोकी राखेको कारलाई बस चालकको लापर्वाहीका कारण ठक्कर दिएको भन्दै चालकमाथि कारबाही गर्न पीडित पक्षबाट माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ