सुनसरीको देवानगन्ज झडपमा घाइते अर्का एक युवकको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो

सुनसरीको देवानगन्ज झडपमा घाइते अर्का एक युवकको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो

  • मङ्लबार, साउन १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

काठमाडौँ। सुनसरीको देवानगन्जमा भएको तनावपूर्ण झडपमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये अर्का एक युवकको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत देवानगन्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको मङ्गलबार निधन भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पुष्पराज मल्ल र मृतकका आफन्त रोशन मेहताले उनको निधन भएको पुष्टि गरेका छन्।

विराटनगरबाट काठमाडौँ रेफर गरिएका थिए रवीन्द्र

बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर क्षति पुगेका रवीन्द्रको प्रारम्भिक उपचार तथा नसाको शल्यक्रिया विराटनगरस्थित विराट नर्सिङ होममा गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि गत शुक्रबार उनलाई एयर एम्बुलेन्समार्फत काठमाडौँ ल्याइएको थियो।

शिक्षण अस्पतालमा उपचारका क्रममा संक्रमण र जटिलता बढेपछि चिकित्सकहरूको सल्लाहमा उनको गोली लागेको बायाँ खुट्टा काट्नुपरेको थियो। उपचारकै क्रममा मङ्गलबार उनले ज्यान गुमाएका हुन्।

घटनामा घाइते भएका देवानगञ्ज-३ का १८ वर्षीय अमित यादवको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनलाई विराटनगरको नोबेल शिक्षण अस्पतालबाट नेपाली सेनाको ‘स्काई ट्रक’ मार्फत काठमाडौँ ल्याइएको थियो।

यस्तै, घटनामा घाइते भएका अन्य ६ जनाको विराटनगरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको चिकित्सकहरूले जनाएका छन्।

गत साउन १० गते सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा दुई समूहबीच हिंसात्मक झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा १० जना घाइते भएका थिए।

यसअघि सोही घटनामा घाइते भएका देवानगन्ज-४ का ओमप्रकाश मेहता र देवानगन्ज-३ का जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भइसकेको छ। रवीन्द्रको मृत्युसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ