मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन

मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन

  • मङ्लबार, साउन १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

काठमाडौँ, १९ साउनः सर्वोच्च अदालतका मिसिलमा अकल्पनीय क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन देखियो ।

सोही कारणले आर्थिक वर्ष २०८२/०८३ मा अदालतले २७ हजार ४६७ मुद्दा फछ्र्योट गर्न सकेन । न्यायालयमा गत भदौ २४ गते भएको आगजनीले मिसिलमा क्षति पुग्न गएका कारण तोकिएको समय सीमाभित्र इजलास बस्न नसक्दा दर्ता भएकामध्ये ११ हजार ४६९ वटा मुद्दा मात्र फछ्र्योट भएका थिए ।

अदालतले उक्त आर्थिक वर्षमा १९ हजार ६७९ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । सो वर्ष अदालतमा सबैगरी कूल ३८ हजार ९३६ वटा मुद्दा थिए ।

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अदातलमा आगजनी भई अकल्पनीय क्षति पुग्न गएकाले लामो समयसम्म इजलास बस्ने नसकेको र मिसिल पत्ता लगाउन कठिनाइ भएकाले मुद्दा फछ्र्योटमा ढिलाइ भएको राससलाई जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ