मध्यपहाडी लोकमार्गबाट खसेको कार सुनकोशीमा बेपत्ता

मध्यपहाडी लोकमार्गबाट खसेको कार सुनकोशीमा बेपत्ता

  • सोमवार, साउन १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ, १८ साउनः सिन्धुली जिल्लाको फिक्कल–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गबाट प्रदेश ३ ०१–२४ च ९५७३ नम्बरको कार सुनकोशी नदीमा खसेको छ ।

आज बिहान करिब ११ः३० बजे सडकमा रोकी राखेको उक्त कारलाई काठमाडौँबाट ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेको बा ०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको छ ।

उक्त कारमा त्यस क्षेत्रका ठेकेदार दिलबहादुर तामाङ र स्थानीय गणेश थापा रहेको सूचना प्राप्त भएको घटनास्थल पुग्नुभएका स्थानीय गोलञ्जोर–२ का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो ।

उक्त कारमा अर्का एक व्यक्तिसमेत रहेको अनुमान गरिएको छ । घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी खोज तथा उद्धारमा जुटिसकेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ