यात्रा गर्दै हुनुहुन्छ? थाहा पाउनुहोस्: आज कुन–कुन सडक अवरुद्ध छन्, कुन खुला?

यात्रा गर्दै हुनुहुन्छ? थाहा पाउनुहोस्: आज कुन–कुन सडक अवरुद्ध छन्, कुन खुला?

  • सोमवार, साउन १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

साउन १८, काठमाडौँ । बर्खायाम र बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्डहरू प्रभावित भइरहेका छन्।

नेपाल प्रहरीका अनुसार कान्तिलोकपथ र अरनिको राजमार्गका केही खण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने मध्यपहाडी लोकमार्ग र मेची राजमार्गका केही खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

ललितपुरको बाग्मती गाउँपालिका–३ पाङदुर क्षेत्रमा सोमबार बिहान ५ :५० बजे पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण प्रभावित मध्यपहाडी लोकमार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

त्यस्तै, इलाम नगरपालिका–९ राजदुवाली (झापादेखि ताप्लेजुङ जाने सडक) र तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडे क्षेत्रमा पहिरोका कारण मेची राजमार्ग तथा मध्यपहाडी लोकमार्गमा पनि एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

यसैबीच, मकवानपुरको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्ड हुँदै चल्ने सवारीसाधनमा रातिको समयमा रोक लगाउने व्यवस्था यथावत् छ।

गत जेठ २२ गतेदेखि वीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म अवस्थाअनुसार सवारी सञ्चालन गरिने व्यवस्था छ।

त्यसैगरी, कान्तिलोकपथअन्तर्गत हेटौंडा–ठिंगन–बाग्मती–ललितपुर सडकखण्डमा असार २९ गतेदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ