गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने

गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने

  • आइतवार, साउन १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

जनकपुरधाम, १७ साउनः सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कफ्र्यु हटाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले आज सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कफ्र्यु आदेश आज राती ७ बजेदेखि हटाइने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कफ्र्यु आदेश २०८३ साउन १७ गते राति ७ः०० बजेदेखि हटाइने उल्लेख छ । गोलबजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कफ्र्यु हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ