‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन

‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन

  • आइतवार, साउन १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौँ, १७ साउनः काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने ‘फोटोग्राफी तथा फोटो-भिडियो पत्रकारिता तालिम’ आज सम्पन्न भएको छ ।

समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले तालिमका प्रमुख प्रशिक्षकहरू राजभाइ सुवाल, प्रदीपराज वन्त, श्रीधर पौडेल, ओमलाल अकेला र राजन महर्जनलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

कार्यवाहक प्रमुख डङ्गोलले सीपमूलक तालिमले युवालाई रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गर्दै युवाको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई काठमाडौँ महानगरभित्र रहेका पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रभावकारी प्रचारप्रसारमा उपयोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो ।

पैँतिस प्रशिक्षार्थी सहभागी तालिमको समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित पत्रकार तथा फोटोपत्रकारको व्यावसायिक क्षमता अभिवृद्धिका लागि यस्ता प्रयोगात्मक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादनबाट चलचित्र निर्माण, प्रचारप्रसार तथा अभिलेखीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाली चलचित्र क्षेत्रका पहिलो स्टिल फोटोग्राफर मञ्जुलकुमार श्रेष्ठ र वरिष्ठ फिल्म पोस्टर डिजाइनर सुन्दर श्रेष्ठलाई जनही रु ३५ हजार राशिसति सम्मान पुरस्कार प्रदान गरिएको थियो । तालिममा फोटोग्राफी, फोटो-भिडियो पत्रकारिता, क्यामेरा सञ्चालन, फोटो सम्पादन, दृश्य कथावाचन, समाचार प्रस्तुति तथा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यावहारिक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ