लागू औषध सहित ७ जना पक्राउ

लागू औषध सहित ७ जना पक्राउ

  • आइतवार, साउन १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

विराटनगर, साउन १७ ।
झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । साउन १६ गते झापाको कनकाई नगरपालिका–२ स्थितबाट इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारत, बिहार राज्य, अररियाका २८ वर्षीय मो। एजवाल र सोही स्थानका २७ वर्षीय अझर अन्सारीलाई ब्राउन सुगर १०२ ग्राम ३१ मिलिग्राम, निटाजिन वर्ग ७ हजार ४५० ट्याब्लेट र ट्रामाडोल ७ हजार २०० क्याप्सुल सहित पक्राउ गरेको छ ।
यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका–१० आदर्श टोलस्थितबाट इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–१ का २७ वर्षीय मिका खत्री र सोही नगरपालिका–१ की २७ वर्षीया बन्दना माखिमलाई ट्रामाडोल १९ क्याप्सुल, डाइसाइक्लोमिन- २८ ट्याब्लेट र नगद १३ हजार ७७५ रुपैयाँ सहित पक्राउ गरेको छ ।
त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–४ पानधारेचोकस्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले मकवानपुरको हेटौंडा उप-महानगरपालिका–२ का २५ वर्षीय अनिश लामालाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी धनकुटाको चौबिसे गाउँपालिका–४ स्थितबाट जिल्ला प्रहरी कार्यालय धनकुटाले प्लास्टिकका ४८ वटा बोरामा लुकाई राखिएको ८०४ किलो गाँजा बरामद गरेसंगै छथरजोरपाटी गाउँपालिका–४ घर भई चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरि प्रसाद ओझा र चौबिसे गाउँपालिका–४ का ३४ वर्षीय आशिष विश्वकर्मालाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

४ थान भरुवा बन्दुक बरामद
संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित मलाटे सामुदायिक वनको भिरमा रहेको ओडारबाट प्रहरीले ३ थान भरुवा बन्दुक बरामद गरेको छ । साउन १६ गते गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट सभाखोला संखुवासभाबाट खटिएको प्रहरी टोलीले ओडारभित्र प्लास्टिकले बेरेर लुकाईछिपाई राखेको अवस्थामा ३ थान भरुवा बन्दुक, १ थान सलाईको बट्टा र ५० ग्राम सलाईको बारुद फेला पारी बरामद गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट विशेष सूचनाको आधारमा गस्तिमा खटिएको प्रहरीको टोलीले मोरङको उर्लाबारी नगरपालिका–१ कत्लेस्थित श्री जनज्योति सामुदायिक वनबाट बोरामा लुकाई छिपाई राखिएको १ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने १३ थान धातुको किट र ४५ ग्राम ८८० मिलिग्राम बारुद फेला पारी बरामद गरी थप अनुसन्धान भइरहेको छ ।

ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित २ भारतीय नागरिक पक्राउ

साउन १६ गते झापाको कनकाई नगरपालिका–२ स्थितबाट इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारत, बिहार राज्य, अररियाका २८ वर्षीय मो। एजवाल र सोही स्थानका २७ वर्षीय अझर अन्सारीलाई ब्राउन सुगर १०२ ग्राम ३१ मिलिग्राम, निटाजिन वर्ग ७ हजार ४५० ट्याब्लेट र ट्रामाडोल ७ हजार २०० क्याप्सुल सहित पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनाको थप अनुसन्धान कार्य भइरहेको छ ।

८ सय ४ किलोग्राम गाँजा सहित २ जना पक्राउ
धनकुटाको चौबिसे गाउँपालिका–४ स्थितबाट जिल्ला प्रहरी कार्यालय धनकुटाले प्लास्टिकका ४८ वटा बोरामा लुकाई राखिएको ८०४ किलो गाँजा बरामद गरेसंगै छथरजोरपाटी गाउँपालिका–४ घर भई चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरि प्रसाद ओझा र चौबिसे गाउँपालिका–४ का ३४ वर्षीय आशिष विश्वकर्मालाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ