प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…

  • आइतवार, साउन १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ, १७ साउनः नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि एक युवालाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

गएराति पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ