रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

  • शनिबार, साउन १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

काठमाडौँ, १६ साउनः चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला सीमा नाका सञ्चालन भएसँगै सीमावर्ती क्षेत्रका स्थानीय व्यापार तथा दैनिक उपभोग्य सामग्री खरिदका लागि सिजाङ आवतजावत गर्न थालेका छन् ।

वर्षौंदेखि सीमापार व्यापारमा निर्भर स्थानीयले यार्सागुम्बा, वन लसुनलगायत जडीबुटी तिब्बततर्फ बिक्री गर्ने तथा त्यहाँबाट खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य सामग्री नेपाल ल्याउने गरेका छन् ।

नाका खुलेसँगै व्यापारिक गतिविधि केही बढेको जसबाट स्थानीय हर्षित भएका चुमनुब्रीका व्यापारी पासाङ लामाले राससलाई टेलिफोनमा बताउनुभयो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सीमावर्ती भेगका बासिन्दाको सहज आवागमनका निम्ति जिल्ला प्रशासन कार्यालयले सक्रिय रूपमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । प्रवेशपत्र जारी तथा परिचयपत्र नवीकरण इलाका प्रशासन कार्यालयबाट समेत हुँदै आएको छ ।

सीमा प्रशासनका प्रक्रिया सरल तुल्याउनेदेखि प्रशासकीय सहयोगसम्मका कामलाई प्राथमिकताका साथ सम्पादन गरिएको जानकारी दिँदै उहाँले गत आर्थिक वर्षमा १९७ नयाँ प्रवेश पास जारी तथा ४०४ वटा त्यस्ता पास नवीकरण गरिएका बताउनुभयो । सीमा क्षेत्रमा बस्ती पातलो भएकाले व्यापारिक गतिविधि पनि कम हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ