गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने

गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने

  • बिहिबार, साउन ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, ७ साउनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि आर्थिक, सामाजिक र मानवीय विकासका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताउनुभयो ।

संयोजक दाहालले उत्पीडित वर्ग तथा समुदायले प्राप्त गरेका हकअधिकार र उपलब्धि रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

“कम्युनिष्ट आन्दोलनलाई गोलबन्द गर्दै गणतन्त्रवादी शक्तिलाई एउटै मोर्चामा ल्याउन तथा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर अघि बढिएको छ,” उहाँले भन्नुभयो ।

त्यस अवसरमा नेकपाका सहसंयोजक माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, मदन भण्डारी, तुलसीलाल अमात्य, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका राष्ट्रिय व्यक्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी