रुसको राष्ट्रिय दिवसमा उपराष्ट्रपति यादव सहभागी, नेपाल-रुस कूटनीतिक सम्बन्ध ७० वर्ष पुग्दै

रुसको राष्ट्रिय दिवसमा उपराष्ट्रपति यादव सहभागी, नेपाल-रुस कूटनीतिक सम्बन्ध ७० वर्ष पुग्दै

  • बिहिबार, असार ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौं, ११ असार । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ काठमाडौंमा आयोजित विशेष स्वागत समारोहमा सहभागी भएका छन्।

समारोहका अवसरमा नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले असंलग्नता तथा पञ्चशीलका सिद्धान्तमा आधारित नेपालको सार्वभौम परराष्ट्र नीतिलाई रुसले सधैँ उच्च मूल्याङ्कन गर्दै आएको उल्लेख गरे। नेपाल र रुसबीचको सुमधुर सम्बन्धका बारेमा चर्चा गर्दै राजदूत सुरोभ्त्सेभले आगामी साउन ४ गते (जुलाई २० मा) दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पूरा हुन लागेको जानकारी दिए।

द्विपक्षीय सम्बन्धका सन्दर्भमा यो वर्ष विशेष रहेको बताउँदै उनले यस ऐतिहासिक अवसरमा कूटनीतिक सम्बन्ध मात्र नभई सद्भाव, पारस्परिक सम्मान र जनस्तरको सम्बन्धमा आधारित दीर्घकालीन मैत्रीको ७० वर्ष पूरा भएको उत्सव मनाउन लागिएको स्पष्ट पारे।

नेपाल र रुसबीच पारस्परिक विश्वास र समझदारीको बलियो जग रहेको स्मरण गर्दै राजदूत सुरोभ्त्सेभले आगामी दिनमा दुई देशबीचको मित्रता र बहुआयामिक सहकार्य अझ सुदृढ बन्दै जाने विश्वास व्यक्त गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी