नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

  • सोमवार, असार ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

असार ८ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) जयराज सापकोटाका अनुसार विभागको पत्रका आधारमा पौडेललाई पक्राउ गरिएको हो।

“सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएको थियो। त्यही पत्रका आधारमा हामीले उहाँलाई नियन्त्रणमा लिएका हौँ,” डिआइजी सापकोटाले मिर्मिरेलाई जानकारी दिए।

पौडेल सुर्खेतस्थित एक होटलबाट आज साँझ साढे ५ बजेतिर पक्राउ परेका हुन्।

सुर्खेतमा पक्राउ परेका उपाध्यक्ष पौडेललाई तत्कालै बाँकेको नेपालगंजतर्फ लगिएको छ। सम्भव भएसम्म आजै बेलुकी हवाईजहाजमार्फत उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइए पनि मुद्दाको विस्तृत विवरण र ठोस कारण भने अझै खुलिसकेको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी