काठमाडौँ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा सरकारका चालू कामकारबाही र विभिन्न मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल र निर्णय हुने जनाइएको छ।
नियमित एजेण्डामा छलफल हुने
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार आजको बैठकमा मन्त्रालयहरूबाट पेस भएका विभिन्न प्रस्तावहरू र प्रशासनिक निर्णयहरूका कार्यसूची रहेका छन्।
“प्रधानमन्त्रीज्यूको आह्वानमा आज बिहान ११ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठकमा मन्त्रालयका नियमित एजेण्डा र समसामयिक विषयमा छलफल हुनेछ,” मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।
बजेट अधिवेशन र सरकारका आगामी रणनीतिका बारेमा पनि आजको बैठकमा परिमार्जन र आवश्यक परामर्श हुनसक्ने बुझिएको छ।