सुकुम्बासीमाथि निर्मम बन्दै बालेन सरकार, शनिबारदेखि देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाउने

सुकुम्बासीमाथि निर्मम बन्दै बालेन सरकार, शनिबारदेखि देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाउने

  • बुधबार, बैशाख ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 26.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकार सुकुम्बासीमाथि निर्मम बन्दै गएको छ। अतिक्रमित सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले आगामी शनिबार र आइतबारदेखि देशभर डोजर नै चलाउने भएको छ।

गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँगको भेटमा अवैध रूपमा बसोबास गरिएका क्षेत्र खाली गराउन डोजर लगाउने गरी स्पष्ट आदेश दिएका छन्। यो अभियान काठमाडौं उपत्यकाबाट सुरु गरिने तयारी छ।

प्रधानमन्त्री शाहले काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि यस्तै प्रयास गरेका थिए तर स्थानीयको विरोधले सफल हुन सकेको थिएन। अहिले भने प्रधानमन्त्रीको हैसियतले सुरक्षा निकायको पूर्ण शक्ति प्रयोग गरी सुकुम्बासी बस्तीमाथि नै डोजर चलाउने तयारी गरेको देखिन्छ।

सुकुम्बासी समुदायमा यो निर्णयले त्रास फैलाएको छ। उनीहरूले विकल्पको व्यवस्था नगरीकन घरबारविहीन बनाउने काम अमानवीय भएको भन्दै विरोध जनाएका छन्। मानवअधिकारवादी संस्थाहरूले पनि तत्काल रोक्न माग गरेका छन्।

यसअघि सुकुम्बासीको पक्षमा बोल्दै आएका प्रधानमन्त्री शाहले अहिले पूर्वविपरीत निर्णय लिएको भन्दै आलोचना पनि बढ्दो छ। सरकारले भने अवैध बस्ती खाली नगराउने हो भने देशको भौतिक विकास र सुरक्षा व्यवस्था नै जोखिममा पर्ने तर्क गरेको छ।

प्रहरी प्रशासनलाई घटनास्थलमा कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन भइसकेको छ। सरकारले आवश्यक परे थप बल प्रयोग गर्ने समेत चेतावनी दिएको छ। यो अभियानले कति संख्याका सुकुम्बासी प्रभावित हुने र सरकारले उनीहरूको पुनर्वासको के व्यवस्था गर्ने भन्ने अहिलेसम्म खुलेको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी