सुशासनको नारा र लुकेको लगानी: गृहमन्त्री गुरुङको ‘विगत’ खोतल्दा भेटियो भट्टसँगको कनेक्सन

सुशासनको नारा र लुकेको लगानी: गृहमन्त्री गुरुङको ‘विगत’ खोतल्दा भेटियो भट्टसँगको कनेक्सन

  • आइतवार, बैशाख ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

काठमाडौँ । सुशासन र पारदर्शिताको नारा दिएर राजनीतिमा उदाएका गृहमन्त्री सुधन गुरुङ विवादास्पद व्यवसायीहरूसँगको व्यावसायिक साझेदारीका कारण विवादमा तानिएका छन्। सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा रहेका दीपक भट्ट र सुलभ अग्रवालसँग गृहमन्त्री गुरुङको ‘बिजनेस पार्टनरसिप’ रहेको तथ्य फेला परेको हो।

बिचौलियाको पहिचान बनाएका दीपक भट्टको प्रभावमा लाइसेन्स पाएको भनिएको स्टार माइक्रो इन्स्योरेन्समा गृहमन्त्री गुरुङ संस्थापक सेयरधनी रहेको पाइएको छ। कम्पनीको प्रारम्भिक सेयर लगत सूचीको ४९औँ नम्बरमा गुरुङको नाम उल्लेख छ, जहाँ उनले २५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर लगानी गरेको देखिन्छ।

२०७९ सालमा लाइसेन्स पाएको यस लघु बीमा कम्पनीमा भट्टको ‘इन्फिनिटी होल्डिङ्गस’ सहित जगदम्बा र शंकर ग्रुपको मुख्य लगानी छ। स्मरण रहोस्, यी व्यावसायिक समूहका सञ्चालकहरू हाल सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरी अनुसन्धानका क्रममा हिरासतमा छन्।

गृहमन्त्री गुरुङले गत साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको आधिकारिक सम्पत्ति विवरणमा यो लगानी उल्लेख गरेका छैनन्। उनले आफ्नो विवरणमा ‘होप होल्डिङ्स’ र ‘अनुज प्रिमियम अपार्टमेन्टस्’ मा मात्रै संस्थापक सेयर रहेको दाबी गरेका थिए।

उनले धितोपत्र बजार मा २ करोड ७४ लाख रुपैयाँको सेयर रहेको उल्लेख गरे पनि स्टार माइक्रो इन्स्योरेन्सको संस्थापक सेयर सूचीकृत नभएकाले त्यसलाई ‘बजारको सेयर’ मानेर उम्किने ठाउँ देखिँदैन।

गुरुङ आबद्ध संस्था ‘हामी नेपाल’ लाई सबैभन्दा बढी वैदेशिक र आन्तरिक चन्दा दिनेमा पनि शंकर समूह नै अग्रपंक्तिमा रहेको विवरण यसअघि नै सार्वजनिक भइसकेको छ। बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको कार्यकालमा वितरण गरिएका सात लघु बीमा कम्पनीका लाइसेन्समा भट्टको प्रत्यक्ष प्रभाव रहेको चर्चा चल्दै आएको सन्दर्भमा गृहमन्त्रीको यो साझेदारीले थप संशय पैदा गरेको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा गृहमन्त्री गुरुङसँग सम्पर्क हुन सकेन। पारदर्शी राजनीतिको वकालत गर्ने मन्त्री आफैँले स्वार्थको द्वन्द्व हुने गरी विवरण लुकाउनुले उनीमाथि गम्भीर नैतिक प्रश्न खडा गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी