ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्धामा आज सुनुवाई हुँदै

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्धामा आज सुनुवाई हुँदै

  • आइतवार, चैत्र २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुने भएको छ। न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ।
यसअघि उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो। लिखित जवाफ पेशभएसँगै आइतबार सुनुवाइका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

जेनजी आन्दोलनका घटनासम्बन्धी गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको छ। प्रकाउ परेका ओली स्वास्थ्य उपचारका लागि अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा छन्।

गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ