कांग्रेस पन्ध्रौँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण

कांग्रेस पन्ध्रौँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण

  • शनिबार, चैत्र २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

पाटन (ललितपुर), २१ चैतः नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी महाधिवेशनको औपचारिक तयारीको सुरुआत गरेको छ ।

कांग्रेसले ७७ वटै जिल्लामा सदस्यता अभियान र साङ्गठनिक सुदृढीकरणका लागि खटिएर जाने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दै आजदेखि महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अभिमुखीकरणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर कार्यक्षेत्रमा खटेर सदस्यता वितरण, अद्यावधिक र साङ्गठनिक अवस्थाको प्रतिवेदन तयार पार्ने बताउनुभएको हो । “कांग्रेसको सङ्गठन सुदृढीकरण र सामाजिक अभियानमा जोडिनका लागि ‘जरा अभियान’ सञ्चालन गरिँदै छ । पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र वडावडामा गएर अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ । पार्टीले यसपटक सबै सदस्यलाई कांग्रेस ‘आइडी’ प्रदान गर्नेछ र यो परिचयपत्र नभएका व्यक्तिहरूले १५औँ महाधिवेशनमा भाग लिन पाउने छैनन्”, उहाँले भन्नुभयो ।

महामन्त्री पौडेलका अनुसार पार्टीको केन्द्रीय सभापतिको नेतृत्वमा राष्ट्रियस्तरमा बुद्धिजीवी र पेसाकर्मीहरूसँग संवाद हुनेछ भने जिल्ला तहमा स्थानीय समीक्षा कार्यक्रम सञ्चालन गरिनेछ । उहाँले भन्नुभयो, “नयाँ सदस्यका लागि डिजिटल माध्यमबाट सदस्यता दिने व्यवस्था मिलाइएको छ । जरा अभियानअन्तर्गत महाधिवेशनको तयारी, साङ्गठनिक सुदृढीकरण, गएको चुनावको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने गरी चार मुख्य विषय समेटिएका छन् । प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि र फारामसहित जिल्ला पठाइसकिएको छ, वैशाखभर सदस्यता अद्यावधिकको काम अगाडि बढ्ने छ ।”

महामन्त्री पौडेलले पार्टीले तय गरेको पूर्वनिर्धारित कार्यतालिकाअनुसार अभिमुखीकरण सम्पन्न भएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ