एमाले सचिवालयको बैठकले के के गर्यो निर्णय ?

एमाले सचिवालयको बैठकले के के गर्यो निर्णय ?

  • शुक्रबार, चैत्र २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ, २० चैत : नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको सातौँ केन्द्रीय सचिवालय बैठकले निर्वाचनको संक्षिप्त समीक्षा गर्दै निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

बैठकले प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिनुको साथै उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको समेत गरेको उहाँले बताउनुभयो । पार्टी कार्यबाहक अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा भएको बैठकले संसदीय दलको नेताको निर्वाचन दलको विधानबमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको जनाएको छ ।

यस्तै बैठकमा संसदीय दलका नेताले थापाले गर्नुभएको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफलसमेत गरेको उपमहासचिव भट्टले जानकारी दिनुभयो । उहाँले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको उल्लेख गर्दै यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने स्पष्ट पार्नुभयो । यस्तै बैठकले सरकारले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन माग गरेको उपमहासचिव भट्टले बताउनुभयो ।

सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरूलाई मात्र दिने सरकारको निर्णय स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले उक्त निर्णय पनि फिर्ता लिन सरकारसँग माग गरेको छ । बैठकले पश्चिम एशियामा जारी हिंसाका कारण लाखौँ नेपालीहरू असुरक्षित बनेका भन्दै उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्किन चाहनेहरूलाई सुरक्षित तबरले फर्कने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ