सभामुखमा रास्वपाका अर्यालको मात्रै उम्मेदवारी

सभामुखमा रास्वपाका अर्यालको मात्रै उम्मेदवारी

  • शुक्रबार, चैत्र २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ, २० चैत: प्रतिनिधिसभा, सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालको मात्र सभामुखमा उम्मेदवारी परेको छ ।

सङ्घीय संसद् सचिवालयले तर्जुमा गरेको कार्यतालिकाअनुसार आज बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म संसद् सचिवालय, सिंहदरबारमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकामा उक्त अवधिमा अर्यालको मात्रै सूचना दर्ता भएको हो ।

अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोबिता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल रहनुभएको छ ।

कार्यतालिकाबमोजिम सचिवालयले तोकिएको समयमा दर्ता भएका एकमात्र उम्मेदवारको सूचना प्रकाशन गरेको छ । दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । एकमात्र उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ