काठमाडौं स् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले रास्वपाको सरकारलाई ‘हनिमुन पिरियड’ नचाहिने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको पहिलो वैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाको सरकारले दिन गनेर नभई मिनेट गनेर काम गर्ने बताए ।
उनले प्रतिशोधका आधारमा विपक्षी दलहरुप्रति व्यवहार नहुने बताएका छन् । नेपाली जनताले काम गरेर देखाउन रास्वपालाई ऐतिहासिक दुई तिहाइ मत दिएको बताउँदै सभापति लामिछानेले जनताको मत सिंहदरबार चलाउन नभई बदल्न प्रयोग हुने बताएका छन् ।
लामिछानेले राजनीतिक नियुक्ति पाएकालाई राजीनामा दिन आग्रह गरेका छन्।
विधिको पालना गर्न आग्रह गर्दै लामिछाने सरकार नयाँ नीति कानुनी मान्यताका आधारमा प्रतिस्पर्धात्मकरुपमा नियुक्ति प्रक्रिया अगाडि बढाउन चाहेकाले मार्ग प्रशस्त गर्न अनुरोध गरे।
उनले प्रतिरोधको थलो संसद नहुने जानकारी गराए। आस्थाका आधारमा फरक व्यहोरा नहुने उल्लेख गरे। उनले भने, ुन्यायको वेग रोकिने छैन।ु