अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकको रिहाइ गर्न एमालेको संसदमा माग

अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकको रिहाइ गर्न एमालेको संसदमा माग

  • बिहिबार, चैत्र १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई असंवैधानिक भन्दै तत्काल रिहाइको माग गरेको छ। प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद गुरु बरालले सरकारले राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई पक्राउ गरेको आरोप लगाउनुभयो।

संसदमा बोल्दै सांसद बरालले भन्नुभयो, “आज देशमा संविधानको बर्खिलाप गतिविधि भइरहेका छन्। फौजदारी अपराध संहिताको धारा ८१ र ८२ को गलत प्रयोग गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ। उहाँहरूलाई अविलम्ब रिहा गरियोस्।”

सांसद बरालले सरकारले गठन गरेको नयाँ छानबिन समितिको औचित्यमाथि पनि प्रश्न उठाउनुभयो। गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले भदौ २३ गतेको घटनाबारे स्पष्ट बोलिसकेको अवस्थामा २४ गतेको घटनालाई लिएर अर्को समिति बनाउनु शंकास्पद रहेको उहाँको तर्क थियो। “एउटै घटनामा दुई–दुईवटा आयोग बनाएर छानबिन गर्ने कुरा कति न्यायसंगत छ?” उहाँले प्रश्न गर्नुभयो।

अध्यक्ष ओलीको पक्राउको विरोधमा एमालेले देशभर शान्तिपूर्ण आन्दोलन गरिरहेको र सो क्रममा सरकारले व्यापक दमन गरेको सांसद बरालले बताउनुभयो। प्रहरी हस्तक्षेपबाट प्रतिनिधि सभा सदस्य शाजिदा सिद्धिकी, विष्णुमाया विक लगायतका दर्जनौं नेता–कार्यकर्ता घाइते भएको जानकारी दिँदै उहाँले सरकारी दमनको निष्पक्ष छानबिन गर्न गृहमन्त्री सुधन गुरुङसमक्ष जोडदार माग गर्नुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ