पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, मुटुको पेसमेकर परिवर्तन

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, मुटुको पेसमेकर परिवर्तन

  • बिहिबार, चैत्र १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई मुटुमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। बिहीबार बिहान अस्पताल भर्ना भएका शाहको मुटुमा जडान गरिएको ‘पेसमेकर’ उपकरण सफलतापूर्वक परिवर्तन गरिएको छ।

यसअघि मुटुको समस्याका कारण उनले थाइल्याण्डको बैंककमा पेसमेकर राखेका थिए। उक्त उपकरणको ब्याट्री सकिएकाले चिकित्सकहरूको सल्लाहबमोजिम बिहीबार बिहानै त्यसलाई फेरिएको अस्पताल स्रोतले जनाएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार शाहको मुटुको चालमा समस्या देखिएपछि कृत्रिम रूपमा चाल सुचारु राख्न पेसमेकर प्रयोग गरिएको थियो। “अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ,” उपचारमा संलग्न एक चिकित्सकले भने, “सबै रिपोर्टहरू सामान्य रहेमा आगामी दुई-तीन दिनभित्रै उहाँलाई डिस्चार्ज गर्न सकिनेछ।”

पेसमेकर मुटुलाई कृत्रिम चाल दिने एक अत्याधुनिक विद्युतीय यन्त्र हो। जब व्यक्तिको मुटुले प्राकृतिक रूपमा आवश्यक विद्युतीय संकेत उत्पन्न गर्न सक्दैन, तब यो यन्त्र शरीरमा राखिन्छ। मुटुको चाल अनियन्त्रित वा कम हुँदा रिगाँटा लाग्ने, कमजोरी हुने र कहिलेकाहीँ होस नै हराउने जस्ता समस्या देखिन्छन्। यस्तो अवस्थामा पेसमेकरले मुटुको धड्कनलाई नियमित बनाउन मद्दत गर्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ